जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ, ५० हजार बरामद 


काठमाडौं – दार्चुलाबाट जुवातास खेलिरहेको अवस्थामा मोहन समेत ७ जना पक्राउ परेका छन्। उनीहरू जुवातास खेल्दै गरेकाे महाकाली नगरपालिका–४ तल्लासैन बस्ने ५२ वर्षीय मोहन सिह बिष्टले संचालन गरेको अपि रेष्टुरेन्टबाट परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार २ सय ५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।