तीन दिनमा २० हजार ६ सयले घट्याे सुनकाे मूल्य, ताेला कति ?


काठमाडौं – स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ। सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो। चाँदी भने तोलामा ८० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार ९०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०५ रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७५ हजार ५०० रूपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ रुपैयाँ कायम भएको थियो। गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ५४० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।