प्रि ओपन सेसनमा करिब ७ अंकले बढ्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.९० अंकले बढेर २९ सय ४३ दशमलव ४७ को बिन्दुमा पुगेर बन्द भएको छ। यस सेसन भरमा ४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ८४ हजार ५२६ कित्ता शेयर किनबेच भएको छ।

यस सेसनभरमा ७७ कम्पनीले कारोबार गर्दा ३१ कम्पनीको शेयर मूल्य घटेको छ भने ३३ कम्पनीको शेयर मूल्य बढेसँगै १० कम्पनीको शेयर मूल्य घटेको छ।