बेलायत र पोर्चुगल पठाइदिन्छु भन्दै २६ लाख ६८ हजार ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – बेलायत र पोर्चुगल  पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीका आशिष महत र रामेछापका संगिता श्रेष्ठ रहेका छन्। महतले बेलायत  पठाइदिन्छु भन्दै २३ लाख र श्रेष्ठले  पोर्चुगल पठाइदिन्छु भन्दै ३ लाख ६८ हजार ठगी गरेको प्रहरीले जनाएको छ।

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।