काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.०१ अंकले बढेरसँगै ४ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। नेप्सेमा ३४२ कम्पनी कारोबारमा आउँदा सबैभन्दा बढी सालापा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स्, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावरका लगानीकताले कमाएका छन्।
आज यी चार वटै कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेष्ट इनका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सनराइज फष्ट म्यूचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। सो कम्पनीले ३.७१ प्रतिशतकादरले गुमाएका हुन्। त्यस्तै, कुमारी धनवृद्धि योजनाको ३.५६ प्रतिशत, सिन्धु विकास बैंकको ३.२३ प्रतिशतका दरले गुमाएका हुन्।
त्यससँगै, कुमारी बैंकको आज सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६७ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टको ६० करोड ६४ लाख रुपैयाँ, नेशनल हाइड्रोपावरको ५७ करोड ४८ लाख रुपैयाँ, एनआएनको ५४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।



About Us
प्रतिक्रिया