बैंकिङ्ग कसुर मुद्दामा फरार दुई जना प्रहरीको फन्दामा 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीका दन मोहन चौधरी र अमरिका चौधरी रहेका छन्। 

रुपन्देही जिल्ला अदालतले उनीहरूलाई कैद फैसला गरेको थियो। प्रहरीका अनुसार उनीहरूलाई दुई–दुई वर्ष फैसला गरेको थियो। उनीहरूलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा कैद भुक्तानको लागी पेश गरिएको प्रहरीले जनाएको छ।