१५ लाखसहित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना प्रहरीको फन्दामा 

१ अर्ब ३६ करोड ८० लाख रकम बराबरको कारोबार 


काठमाडौं – हुण्डी तथा क्रिप्टो करेन्सी कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका प्रवेश अली उमेर, बाँकेका नरेश रेउले र सर्लाहीका दिप्ती पोखरेल रहेका छन्। 

उनीहरू क्रिप्टो कारोबारमा संलग्नको गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय खटिएको टोलीले पक्राउ गरेको हो। सामाखुशीबाट रेउलेलाई फेला पारी सोधपुछ गर्दा उनले पोखरेल र अलीको लागी यूएसडीटी खरिद बिक्री गर्ने भनी खुलाए पश्चात् उनीहरूलाई पनि पक्राउ गरेको प्रहरीले बताएको छ। पोखरेललाई पन्ध्र लाख तीस हजारसहित सामाखुशीबाट र अलीलाई  एकान्त कुनाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

अलीले आफ्नो मोबाइलबाट बालेस आईडी प्रयोग गरी हालसम्म ९१८१५१३.९६ यूएसडीटी बराबरको नेपाली १ अर्ब ३६करोड ८० लाख रकम बराबरको कारोबार गरेको देखिएको प्रहरीले बताएको छ। उनीहरूलाई दशी प्रमाणसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।