काठमाडौं – हिमालयन बैंकको पाल्पा शाखाका ब्रान्च म्यानेजर प्रकाश सुवेदी माथि झापड हान्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। ऋण प्रक्रियाका विषयमा विवाद हुँदा कार्यकक्षमै दुर्व्यवहार र हातपात गरेको आरोपमा मञ्जु रेग्मी पक्राउ परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीका अनुसार रेग्मीले सुवेदी कै कार्यकक्षमा उनीमाथि झापड हाने (अभद्र व्यवहार) गरेकी थिइन्। उनलाई पक्राउ गरी फौजदारी कसुरमा अनुसन्धान गरिरहेको चौधरीले बैंकिङ्ग समाचारलाई बताए।



About Us
प्रतिक्रिया