एथर रिज्टा एस देशभर मार्च २७ देखि सार्वजनिक हुँदै,९९९ रूपैयाँमा बुकिङ खुला


काठमाडौं – नाइमा एक्स्पो २०२५ मा सार्वजनिक गरिएको एथर रिज्टा जेडलाई प्राप्त अत्यधिक सकारात्मक प्रतिक्रिया पछि, र बढ्दो पेट्रोल मूल्यको सन्दर्भमा, वैद्य एनर्जी प्रा. लि., नेपालको नं. १ ईभी दुईपाङ्ग्रे ब्रान्ड, ले अब नयाँ एथर रिज्टा एस सार्वजनिक गर्ने तयारी गरेको छ। 

यस मोडेलले प्रिमियम आराम, दैनिक प्रयोगमा सहजता र उत्कृष्ट मूल्यलाई एकैसाथ उपलब्ध गराउँदै विद्युतीय सवारीतर्फको रूपान्तरणलाई अझ तीव्र बनाउने लक्ष्य राखेको छ।

नेपाली परिवारहरूको आवश्यकता ध्यानमा राखी डिजाइन गरिएको रिज्टा एसलाई सबैभन्दा व्यवहारिक र सहज पहुँचयोग्य इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गरिएको छ, जसले स्मार्ट र दिगो यातायाततर्फ नेपाललाई अघि बढाउन मद्दत गर्नेछ।

९९९ रूपैयाँमा बुकिङ खुला
देशभरका ग्राहकहरूले अब केबल ९९९ रूपैयाँको प्रारम्भिक रकममा रिज्टा एस बुक गर्न सक्नेछन्, जुन पूर्ण रूपमा फिर्ता योग्य हुनेछ।

प्रारम्भिक ग्राहकहरूले विशेष परिचयात्मक मूल्य लाभ लिन सक्नेछन्, जसले रिज्टा एस लाई बजारकै उत्कृष्ट मूल्य–प्रदर्शन भएको ईभी बनाउँछ।

नेपाली दैनिक जीवनका लागि निर्माण गरिएको
रिज्टा एस नेपाली परिवारहरूको आवश्यकता केन्द्रमा राखेर डिजाइन गरिएको छस्
– अधिकतम १२३ किमी रेन्ज – दैनिक आवागमनका लागि उपयुक्त
– फास्ट चार्जिङ – १० मिनेटमै १५ किमी सम्मको दूरी थप्न सकिने
– ३४ लिटरको विशाल अन्डरसीट स्टोरेज – पारिवारिक उपयोगका लागि उपयुक्त
– आरामलाई प्राथमिकता दिने डिजाइन – सबै उमेर समूहका लागि सहज यात्रा
– ८० किमीरघण्टा अधिकतम गति – प्रदर्शन र दक्षताको सन्तुलन

यसका साथै, रिभर्स मोड, अटो होल्ड र पार्क एसिस्ट जस्ता सुविधाहरूले व्यस्त सहरमा समेत सहज र तनावमुक्त सवारी अनुभव प्रदान गर्छ।

दीर्घकालीन विश्वास र सुनिश्चितता
एथरले सधैं विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको छ। रिज्टा एस मा ५ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी सहितका बलिया वारेन्टी विकल्पहरू उपलब्ध छन्, जसले विद्युतीय सवारीतर्फ सर्ने ग्राहकहरूलाई दीर्घकालीन आत्मविश्वास प्रदान गर्छ।

विद्युतीय भविष्यतर्फ सहज यात्रा
नेपालमा रिज्टा जेड ले पाइसकेको लोकप्रियताका आधारमा, रिज्टा एसलाई ईभीतर्फको उत्कृष्ट प्रवेश बिन्दुका रूपमा डिजाइन गरिएको छ-विशेष गरी पेट्रोल स्कुटरको सट्टा किफायती, झन्झटरहित र भविष्य–तयार विकल्प खोजिरहेका परिवारहरूका लागि।

लन्च समयतालिका
एथर रिज्टा एस देशभर मार्च २७, २०२६ देखि आधिकारिक रूपमा सार्वजनिक हुनेछ, र एथर एक्सपिरियन्स सेन्टरहरू मार्फत उपलब्ध हुनेछ।

अबै कार्य गर्नुहोस्
सीमित परिचयात्मक लाभ र बढ्दो मागका कारण ग्राहकहरूलाई चाँडै बुकिङ गर्न प्रोत्साहित गरिन्छ। केवल ९९९ रूपैयाँमा बुकिङ गरी आजै विश्वासिलो विद्युतीय यात्रातर्फ आफ्नो पहिलो पाइला चाल्नुहोस्।