जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ, ३ लाख ४६ हजार बरामद


काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–१७ बस्ने उषा सेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–९ पृथ्वीचोक बस्ने ६० वर्षीय भुपेन्द सेरचन लगायत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।