ग्यारेज खोली चोरीका मोटरसाइकल बिक्री गर्ने तीन जना पक्राउ 


काठमाडौं – बाइक हस्पिटल नामको ग्यारेज खोली मोटरसाइकल चोरी गरी बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीका विशाल महतो,  भिम बहादुर अधिकारी र रौतहटका संजिव कुमार कुसवाहा रहेका छन्। 

उनीहरूले ललितपुरको टिकाथलीमा बाइक हस्पिटल नामक मोटरसाइकल ग्यारेज खोली विभिन्न स्थानबाट मोटरसाइकल चोरी ईन्जिन तथा चेसिस समेतको किर्ते कागजात बनाई बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ। 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे छ।