एकैदिन साढे १२ हजारले घट्यो सुन, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा भारी रकमको गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको हो।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँमा ओर्लिएको छ। यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ४७० रुपैयाँले घटेको हो। आज चाँदी तोलामा ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ।