काठमाडौं – फारसी नयाँ वर्ष सुरु हुन केही दिन मात्र बाँकी रहँदा देशका दुई ठूला बैंकहरू बैंक मेल्ली इरान र बैंक सेपाहको बैंकिङ्ग सेवाहरूमा व्यापक अवरोध देखापरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। इरान वायरका अनुसार यसले इरानी ग्राहकहरूमाझ असन्तुष्टि सिर्जना गरेको छ। लगभग एक हप्तादेखि समस्याको सामना गरिरहेका छन्। यसले मोबाइल प्रणाली, नेटवर्कहरू र व्यक्तिगत सेवाहरूलाई असर गरेको छ।
बैंक मेल्लीका लागि मोबाइल बैंकिङ्ग प्रणाली र अनलाइन सेवाहरू बीएएम एपमा समस्या देखिएको छ। साथै, बैंक सेपाहको ‘ओमिद’ प्रणालीमा पनि समस्या देखाएको छ। त्यहाँका प्रयोगकर्ताहरूले बैंकमा खातामा पहुँच राख्न नपाएको, रकम पठाउन, र धेरैजसो अनलाइन सेवाहरूमा अवरोधको सामना गरिरहेको गुनासो छ।
यसैबीच, तेहरान, कारज र फर्डिस जस्ता शहरहरूमा इरानी नागरिकहरू बैंक मेल्लीका शाखाहरूमा भेला भएका छन्। बैंक सेपामा भएका अवरोधहरू अझ व्यापक भएको रिपोर्ट छ। यस बैंकका एटीएमहरू धेरै क्षेत्रहरूमा खराब छन्, र कार्डहरू मार्फत वा शाखाहरूमा नगद झिक्न सकिरहेका छैनन्। यी बैंकहरूमा तलब वा निक्षेप राखिएका ग्राहकहरू नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्नो पैसामा पहुँच नभएको भन्दै आक्रोशित र चिन्तित छन्।



About Us
प्रतिक्रिया