काठमाडौं – नयाँ सरकार गठनको सन्दर्भमा अर्थ मन्त्रालयको नेतृत्व कसले सम्हाल्ने भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहस सतहमा आएको छ। निर्वाचनअघि नै सभापति रवि लामिछानेबाट आगामी आर्थिक वर्षको बजेट लेख्ने कार्यादेश पाइसकेका डा. स्वर्णिम वाग्लेको विकल्पमा अर्थशास्त्री सुशान्त वैदिकलाई अघि सारिएको छ।
पार्टीको विधान र आन्तरिक सहमति टुङ्गिएमा बालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना छ। बालेन क्याबिनेटमा अर्थमन्त्री को बन्ने भन्ने विषय अहिले सार्वजनिक चासोको विषय बनेको छ। अर्थतन्त्र र सार्वजनिक नीतिसम्बन्धी अध्ययन अनुभवका कारण वैदिकको नाम अर्थमन्त्रीका सम्भावित विकल्पका रूपमा चर्चा हुन थालेको हो।
वाग्लेले विश्वविख्यात हार्भड युनिर्भसिटी, अमेरिकाबाट अन्तर्राष्ट्रिय विकासरसार्वजनिक नीतिमा स्नाकोत्तर र बेलायतको लण्डन स्कूल अफ इकोनमिक्सबाट अर्थशास्त्रमा स्नातक अध्ययन गरेका छन्।
लिंक्डइनमा उनले प्रस्तुत गरेका व्यक्तिगत विवरणअनुसार हाल वैदिक ‘निवेश डट फन्ड’ का प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत छन्। सन् २०२५ अगस्टदेखि उनले उक्त संस्थाको नेतृत्व गर्दै आएका छन्। त्यस्तै, उनी ‘काठमाडौं इकोनोमिक्स’ नामक संस्थामा अनुसन्धान निर्देशकका रूपमा पनि कार्यरत थिए।
बजेट तर्जुमादेखि निजामती कर्मचारी प्रशासनसँग काम गरिसकेका वाग्लेलाई अर्थ मन्त्रालयको बागडोर सम्हाल्न वैदिकको तुलनामा कम चुनौतीपूर्ण हुने देखिन्छ। वाग्लेसँग २५ वर्षदेखि नेपालभित्र र बाहिर सक्रिय वाग्ले २०७७ देखि २०७९ सम्म राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकारको समेत अनुभव छ।
वाग्लेले विश्वविख्यात हार्भड युनिर्भसिटी, अमेरिकाबाट अन्तर्राष्ट्रिय विकासरसार्वजनिक नीतिमा स्नाकोत्तर र बेलायतको लण्डन स्कूल अफ इकोनमिक्सबाट अर्थशास्त्रमा स्नातक अध्ययन गरेका छन्।



About Us
प्रतिक्रिया