कास्कीबाट पाँच जुवाडे पक्राउ, ९९ हजार बरामद 


काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–१९ अकलादेवी डेरा गरी बस्ने सोही महानगरपालिका–१९ लामाचौर घर भएका ३० वर्षीय लक्षु थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ८ सय ५५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।