काठमाडौं – भनिन्छ, जीवन आफूले सोचेभन्दा फरक बन्छ। कहिलेकाहीँ सपना एउटा हुन्छ, यात्रा अर्कैतिर मोडिन्छ, तर अन्ततः त्यही मोड नै आफ्नो पहिचान बन्छ। नेपाल बीमा प्राधिकरण उपनिर्देशक निशा घिमिरेको जीवनमा पनि यो भनाई लागू हुन्छ। सानोमा शिक्षिका, बैंकरप्रति खुब रुचि राख्ने उनी यतिबेला नेपाल बीमा प्राधिकरणको उपनिर्देशकको भूमिकामा छिन्। सानो उमेरमा उनलाई शिक्षिका बन्ने खुब रहर थियो। विद्यालयमा पढाउने शिक्षिकाहरूको अनुशासन, व्यवस्थापन क्षमता र विद्यार्थीबाट पाउने सम्मानले उनलाई गहिरो प्रभाव पारेको थियो।
समयसँगै उनको रुचि पनि फेरियो। बैंकमा महिलाहरूले सक्रिय रूपमा काम गरेको देख्दा उनले आफूलाई त्यही परिवेशमा कल्पना गर्न थालिन्। अनुशासन, औपचारिक वातावरण र वित्तीय निर्णय प्रक्रियामा महिलाको उपस्थिति देख्दा उनलाई बैंकिङ्ग क्षेत्रमा करिअर बनाउने आकांक्षा पलायो। तर, जीवनले फेरि अर्को मोड दियो। विवाहपछि उनी पुगेको परिवारको पृष्ठभूमि नै बीमा क्षेत्रसँग गाँसिएको थियो। उनका श्रीमान् राष्ट्रिय बीमा संस्थानमा कार्यरत थिए हाल अवकाश प्राप्त गरिसेका छन्। परिवारका अधिकांश सदस्य बीमा क्षेत्रमा आबद्ध रहेकाले उनी पनि यही क्षेत्रतर्फ आकर्षित भइन्। अन्ततः २०५५ सालमा उनले बीमा समितिबाट आफ्नो यात्रा सुरु गरिन्। यो संस्था अहिले नेपाल बीमा प्राधिकरणका रूपमा परिचित छ।
२०५५ सालमा बीमा समिति प्रवेश गर्दा सम्पूर्ण कामहरू कागजी प्रक्रियाबाट गर्नुपर्ने अवस्था थियो। त्यो दिनहरूलाई सम्झिँदै उनी भन्छिन्, एउटा मात्रै कम्प्युटर थियो। कार्यालयको सम्पूर्ण कागजातहरू एउटा कम्प्युटरबाट नै गर्नुपर्ने अवस्था थियो। कम्प्युटर चलाउनका लागि उनले टाइप पनि सिकेकी थिइन्। एउटा मात्र कम्प्युटरबाट कार्यालयको सबै काम गर्दा धेरै प्रेसर हुने गरेको तर त्यसलाई रमाइलो मानेर नै काम गरेको उनको अनुभव छ। बीमा समितिमा भ्याकेन्सी खुल्दा उनले स्नातक गरिसकेको र घर परिवारमा महिलाहरू पनि जागिरे रहेकोले यतिको पढेलेखेको मान्छेले जागिर गर्नुपर्छ भन्ने घर परिवारको सोचका कारण नै उनी बीमा समिति प्रवेश गरेकी हुन्।
अन्ततः २०५५ सालमा उनले बीमा समितिबाट आफ्नो यात्रा सुरु गरिन्। यो संस्था अहिले नेपाल बीमा प्राधिकरणका रूपमा परिचित छ।
यो क्षेत्रमा छिरीसकेपछि मैले काम गर्दै गएँ मलाई कार्यालयको काम कैले पनि बोझ लागेन आफ्नो काम प्रतिको लगाव र कार्यालयको सिनियरहरुले देखाउनु भएको सदभावले गर्दा मलाई मेरो कार्यालय बाहेक अन्त जान केही सोच्ने मौका नै मिलेन। साथै, बीमा क्षेत्र पनि त्यति धेरै विस्तार भई नसकेको अवस्थामा नयाँ नयाँ कामहरु सिक्ने अवसरले गर्दा पनि मैले यहि क्षेत्रलाई रोजे र म यसैमा रमाउन पनि थाले वीरगञ्जको आदर्शनगरमा जन्मिएकी निशाको बाल्यकाल पनि वीरगञ्जमै बित्यो। प्रायजसो मधेसमा छोरीलाई पढाउने निकै कम हुन्छन्। मधेसको ठाउँमा जन्मे हुर्केकी निशाको घरमा भने त्यसो भएन। झन् छोरीलाई पढाउनुपर्छ सक्षम बनाउनुपर्छ भन्ने सोचाइ उनको परिवारका सदस्यहरूमा रहेको थियो।

परिवारले नै पढाइमा प्रोत्साहन गरेपछि उनलाई पढाइको लागि घरमा त्यति ठूलो सङ्घर्ष गर्न नपरेको उनको अनुभव छ। तर अनुशासनमा भने बस्नुपर्ने अवस्था थियो। अहिलेको बालबालिकाहरू जस्तै साथीहरूसँग बाहिर हिँड्ने, घुम्ने गर्छन् भने त्यो समयमा त्यस्तो स्वतन्त्रता थिएन अनुशासन बस्नुपथ्र्यो।’ निशा जन्मेको ठाउँ वीरगञ्जको आदर्श नगर विकसित नै थियो। बिजुली बत्ती सडक विस्तार भएको सुविधा सम्पन्न ठाउँ थियो तर, प्राइभेट विद्यालय भने त्यति खुलेका थिएनन। घर नजिकैको सरकारी स्कुलबाट अध्ययन सुरु गरेकी कक्षा ३ देखि त्रिजुद्ध स्कुलबाट नै उनले एसएलसी पुरा गरिन्। त्यसपछि ठाकुर राम बहुमुखी क्याम्पसबाट आइए पूरा गरिन्। निशाले एसएलसीपछि घर नजिकैको एउटा विद्यालयमा केही समय पढाइन् पनि। आइए पूरा गरेपछि उनी विवाह बन्धनमा बाँधिइन्। निशाको मागी बिहे भएको थियो।
वीरगञ्जमा जन्मिएकी उनको काठमाडौंमा बिहे भएको थियो। विवाहपछि पनि उनले पढाइलाई भने निरन्तरता दिइन्। विवाह गरेर काठमाडौँ आएकी निशाले पद्मकन्या क्याम्पसबाट स्नातक र स्नातकोत्तर गरिन्। त्यसपछि उनले पूर्वाञ्चल विश्वविद्यालयबाट थप विषयमा स्नातकोत्तर गरिन्। संयुक्त परिवारमा बस्दै आइरहेकी निशाले घर परिवारका सदस्यहरुको साथ सहयोग र प्रेरणाले नै बीमा क्षेत्र प्रवेश गरेकी हुन्। बच्चाहरू सानो हुँदा घर परिवारका सदस्यले साथ नदिएको भए आज म यहाँसम्म आउन असमर्थ नै हुन्थे होला भन्ने उनी सम्झिन्छिन्।
उनले बीमा क्षेत्र प्रवेश गर्दा व्यक्तिगत र संस्थागत रुपमा विभिन्न किसिमका चुनौतीहरू सामना गर्नुपर्याे। उनी बीमा समिति प्रवेश गर्दा तीनजना मात्रै महिला कर्मचारीहरू थिए। केही समस्या आए पनि हामीले अहिलेको जस्तो निर्धक्क भएर भन्न अलि हच्किन्थ्यौ कोहि रिसाउने होकि मलाई के सोच्छन भनेर सोच्नु पथ्र्यो ।संस्थागत रुपमा बीमाको दायरा संकुचित नै थियो अहिलेको जस्तो विस्तार भइ सकेको थिएन बीमा समिति भन्दा धेरैलाई यो कार्यालयका बारेमा जानकारी थिएन। त्यसैले व्यक्तिबाट हामीले हाम्रो कार्यालय यो हो हामीले बीमाको नियमन गर्छौ भनेर बुझाउँदै आउनुपर्ने अवस्था थियो। तर, प्राधिकरणले यो अवधिभित्र बीमा सम्बन्धी बिभिन्न जनचेतनामूलक कार्यक्रम, बीमाको प्रचार प्रसार गर्दै बीमाको विकाश तथा बिस्तार गर्दै आजको अवस्थामा आइपुगेको छ । स्थानीय स्तरमा समेत बीमा सम्बन्धी जनचेतना अभिबृद्धि लगायतका कार्यक्रम गर्दै प्रदेश स्तरमा कार्यालय खोलेर तहाँबाट समेत बीमाको चनचेतना अभिबृद्धि गर्ने कार्य भईरहेको छ । यो पनि एउटा चुनौतिको रुपमा नै रहेको थियो ।
विवाह गरेर काठमाडौँ आएकी निशाले पद्मकन्या क्याम्पसबाट स्नातक र स्नातकोत्तर गरिन्। त्यसपछि उनले पूर्वाञ्चल विश्वविद्यालयबाट थप विषयमा स्नातकोत्तर गरिन्।
बीमा क्षेत्र महिलाका लागि काम गर्ने वातावरणको हिसाबले राम्रो रहेको भन्दै बैंक र बीमा क्षेत्रमा धेरै फरक नरहेको बताउँछिन्। उनले बैंकमा भन्दा बीमा क्षेत्रमा दवाव कम हुने उनको अनुभव छ। बीमा क्षेत्रमा नयाँ नयाँ काम सिक्ने वातावरण छ। आफुले लगनशील भएर काम गर्न सके बीमा क्षेत्रमा महिलाहरूलाई पर्याप्त अवसरहरू रहेको उनको भनाई छ। यतिबेला उनी दुई सन्तानकी आमा पनि हुन्। उनको ठूलो छोरा अस्टे«लियामा छन् भने सानो छोरा डाक्टर हुन्। साना बच्चाहरुाई हजुरआमाको जिम्मा लगाएर जागीरे जीवन सुरु गरेकी उनी सन्तान हुर्केपछि आधा समस्या समाधान भएको आभाष गरिरहेकी छिन् । सन्तान साना हुँदा कार्यालयका सहकर्मी र घर परिवारका सदस्यको सहयोगले व्यवस्थापन गर्ने गर्थिन्। उनको अनुभवमा महिलाहरूले ‘वर्क प्लान’ गर्नुपर्ने उनको भनाइ छ।

नयाँ -नयाँ प्रविधिको विकाससँगै उनले आफूलाई पनि अपग्रेड गर्दै लगिरहेकी छिन्। निशाले प्रविधिको विकाससँगै विभिन्न किसिमका चुनौती समेत सामना गरेको अनुभव छ। हाल उनी कृषि तथा पशुपक्षी शाखामा शाखा प्रमुखको रूपमा कार्यरत छिन्। कृषि बीमाको अनुदान विषय, नयाँ बीमालेखहरु जारी गर्नुपर्ने, कृषि बीमाको पहुँचलाई बिस्तार गर्नुपर्ने, दाबी भुक्तानी सरल र सहज ढङ्गमा गर्नुपर्ने यसमा विभिन्न चुनौतीहरू छन्। यसको लागी सम्बन्धित सरोकारवालाहरूको साथ सहयोगमा आइपरेका समस्याहरूलाई समाधान गर्दै जानुपर्ने हुन्छ। शाखाको हरेक कामको लागी टिम वर्क आवश्यक छ। समूह मिलेर काम गर्न सके नेतृत्वकर्तालाई पनि सहज हुने उनको बुझाइ छ।



About Us
प्रतिक्रिया