स्रोत नखुलेको ५ लाख रुपैयाँ नगदसहित सिराहबाट एक जना पक्राउ


काठमाडौं – सिराहाबाट स्रोत नखुलेको ५ लाख रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–२ श्रीपुर टोल बस्ने २५ वर्षीय विजय कुमार साह रहेका छन्।

इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले बरियारपट्टीबाट धनगढीतर्फ जाँदै गरेको स.७ प ८२९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।