काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार ५ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला सुन ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भयो। आइतबार बढेको सुनको सोमबार पनि बढ्यो। सोमबार सोमबार ३ हजार २ रुपैयाँले बढेसँगै त्यस दिन प्रतितोला सुन ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भयो।
आइतबार र सोमबार लगातार बढेको सुनको मूल्य मंगलबार पनि बढ्यो। मंगलबार १ हजार ३ सय रुपैयाँले बढेसँगै प्रतितोला सुन ३ लाख १४ हजार ८ सय रुपैयाँ पुग्यो। यस्तै, आइतबार, सोमबार, मंगलबार लगातार बढेको सुनको मूल्य बुधबार स्थिर रह्यो।
यस्तै, बिहीबार ६ सय रुपैयाँले बढ्दै प्रतितोला सुन ३ लाख १५ हजार ४सय रुपैयाँमा कारोबार भयो। साताको अन्तिम दिन शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घट्दै ३ लाख १४ हजार ९ सय रुपैयाँमा किनबेच भयो। समग्रमा यो साता सुनको मूल्यमा ४ हजार ६ सय रुपैयाँको वृद्धि देखियो।



About Us
प्रतिक्रिया