ढोरपाटन – निर्वाचन खर्च प्रयोजनका लागि बागलुङका २२ उम्मेदवारले बैंक खाता खोलेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बागलुङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा उम्मेदवार भएका २३ जनामध्ये अहिलेसम्म २२ जनाले बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ।
उम्मेदवारको खर्च र आम्दानी सोही खाताबाट गर्नुपर्ने कोष तथा लेखा नियन्त्रणको कार्यालय बागलुङका कोष नियन्त्रक किशोरकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्षेत्र नम्बर १ का एक जना उम्मेदवारले खाता खोलेका छैनन्।
बागलुङमा उम्मेदवारले बढीमा २९ लाखसम्म खर्च पाउने निर्वाचन आयोगले मापदण्ड बनाएको छ। निर्वाचनमा हुने आर्थिक चलखेल रोक्नका र खर्च मितव्ययीता गर्नका लागि उम्मेदवारको खर्च सम्बन्धी अनुगमन गरिने उनी बताउँछन्।
श्रेष्ठले भनिन्,’निर्वाचन आयोगले यसपालि बढी खर्च गर्नबाट रोक्नका उम्मेदवारले निर्वाचन प्रयोजनका लागि मात्रै प्रयोग हुने खाता खोल्ने व्यवस्था गरेको छ, यहाँका धेरैले खाता खोल्नुभएको छ, एक जान खोल्ने प्रक्रियामा हुनुहुन्छ।’



About Us
प्रतिक्रिया