काठमाडौं – कृषि विकास बैंक लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) लाई उपचारका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
फुटबल खेल्ने क्रममा घुँडामा लागेको चोटका कारण आवश्यक जटिल शल्यक्रिया तथा पुनःस्थापनाका लागि साम्बाले सार्वजनिक रूपमा सहयोगको अपिल गरेपछि बैंकले मंगलबार उक्त रकम सहयाेग गरेकाे हाे।
बैंककी ब्रान्ड एम्बेसडरसमेत रहेकी साम्बाको उपचार र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको बैंकले जनाएकाे छ।



About Us
प्रतिक्रिया