काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारत बीच यस बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरे।
यस बैंकका ग्राहक महानुभावहरुले ln-patient room charge, preventive health check packages / Attendees health checkup सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने छन् र Outpatient investigation मा ५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ।
साथै, Complimentary registration fees, Access to international patient lounge जस्ता सुविधाहरु समेत उपलब्ध हुनेछन्। यसैगरी, काठमाडौं स्थित अपोलो इन्फर्मेसन सेन्टर मार्फत Appointment लिने बैंकका ग्राहकहरुलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटल/हस्पिटलसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ।
उक्त सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ। उक्त हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहुलियत हुने बैंकले विश्वास लिएको छ।



About Us
प्रतिक्रिया