काठमाडौं – आईसीएफसी फाइनान्स लिमिटेडले आज फागुन ११ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ। कम्पनीले ५० करोड रुपैयाँ बराबरको ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
अंकित मूल्य १ हजारका दरले कम्पनीले ७ वर्षे अवधिको ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। जसमध्ये २ लाख कित्ता सर्वसाधारणमा निष्कासन भएको हो। क्यापिटलका अनुसार न्यूनतम २५ तथा अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिने छ।
यस ऋणपत्रमा छिटोमा फागुन १४ गते र ढिलोमा २५ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन अनलाइन प्रणाली मेरो शेयरमार्फत वा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।



About Us
प्रतिक्रिया