काठमाडौं – नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी सुरु भएको छ। यही चैत २८ र २९ गते हुने महासंघको निर्वाचन लक्षित सरगर्मी बढेको हो।
महासंघमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष र ३ जना उपाध्यक्षको प्रावधान छ। यही प्रावधानअनुसार आज हेमराज ढकाल समूहले कार्यक्रम नै आयोजना गरेर चुनावी उद्घोष गर्न लागेको हो।
ज्योत्सना श्रेष्ठसहितको टोलीले आज एक कार्यक्रम नै आयोजना गरेर निर्वाचनको प्यानल घोषणा गर्दैछ। श्रेष्ठ एसोसिएट उपाध्यक्ष रहने गरी जिल्लानगर उपाध्यक्षमा उमेश डामलिया र कल्पना गैरे छन् भने वस्तुगततर्फ नरेशलाल श्रेष्ठले उम्मेदवारी दिँदैछन्। यस्तै, महिला उपाध्यक्षतर्फ कमला श्रेष्ठलाई प्रस्ताव गरेर आज प्यानलसहितको चुनावी सभा आयोजना हुँदैछ।
आगामी चैतमा महासंघको ६०औं महासभा आयोजना हुँदैछ। जहाँबाट नयाँ नेतृत्व चुनिनेछ। यसपटकका लागि यसअघि नै निर्वाचन अन्जान श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने आगामी कार्यकालदेखि भने अध्यक्षमा निर्वाचन हुनेछ।



About Us
प्रतिक्रिया