मोबाइल र मोटरसाइकल चोरी गर्ने ४ जना प्रहरीको फन्दामा 


काठमाडौं – काठमाडौंका विभिन्न स्थानबाट मोबाइल र मोटरसाइकल  चोरी गर्ने चार जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका मेन्सुहाङ राई, काठमाडौंका शमिर तामाङ, खोटाङका प्रज्वल राई र दोलखाका जनम तामाङ रहेका छन्। 

काठमाडौंका विभिन्न स्थानबाट मोबाइल र मोटरसाइकल  चोरी भएको भन्ने प्राप्त निवेदनका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट  ३ वटा चोरीका मोटरसाइकल, २ वटा स्कुटर र मोबाइल ७ थान बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।