काठमाडौं – नियमित बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ। स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौं बाँसबारीस्थित बाँसबारी राइस मिललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको हो।
त्यसैगरी जयस अन्न घर कागेश्वरी नगरपालिका–६ मुलपानी बाबाचोकलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारवाही गरिएको विभागले जनाएको।
विभागले मेगा मार्ट प्रालिलगायत अन्य तीन फर्मलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरु लिई तीन भित्र उपस्थित हुन निर्देशन दिएको छ। विभागले अन्य सात वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितीमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गराएको स्पष्ट पारेको छ।



About Us
प्रतिक्रिया