लिची बगैँचा प्रकरणः रञ्जितालाई पाँच लाख धरौटीमा छाड्ने आदेश


काठमाडौं – पोखराको लिची बगैँचा जग्गासम्बन्धी घुस प्रकरणमा मुछिएकी नेतृ रञ्जिता श्रेष्ठलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। आइतबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको थियो। आयोगले श्रेष्ठसँग ७८ लाख रूपैयाँ विगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

तत्कालीन मन्त्री गुप्ता भने हाल पुर्पक्षका लागि कारागारमा छन्।