लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – लुम्बिनी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी प्रकाशमान श्रेष्ठको नाममा रहेको २० हजार २ सय ९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले सो शेयर खरिदका लागि पहिलो प्रथामिकता बैंकको विद्यामान संस्थापक शेयरधनीलाई दिनुपर्ने जनाएको छ।

सो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। बैंकको संस्थापक शेयरधनीले बैंकको मुख्य कार्यालय डिल्ली बजार काठमाडौंबाट आवेदन दिन सक्नेछन्।