प्रहरीले माघ महिनामा उठायो ७ करोड २१ लाख जरिवाना


काठमाडौं – नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८२\०८३ को माघ महिनामा ७ करोड २१ लाख २५ हजार जरिवाना उठाएको छ। देशभरका प्रहरीले फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयन गर्ने क्रममा ७ करोड २१ लाख २५ हजार जरिवाना उठाएको हो। 

त्यस्तै, एक महिनामा प्रहरीले देशभरिबाट १ हजार ७४२ जना अभियुक्तलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई अदालतको आदेशअनुसार विभिन्न अवधिको कैद सजाय तोकिएको छ। जसको कुल कैद अवधि ५७० वर्ष ७ महिना २१ दिन रहेको छ।

प्रहरीका अनुसार, कोशी  प्रदेशबाट ३०२ जना, मधेश प्रदेशबाट ३६३, बागमती प्रदेशबाट २२६ जना, गण्डकी प्रदेशबाट ६४ जना, लुम्बिनी प्रदेशबाट १८९जना, कर्णालीबाट ३१ जना, सुदुरपञ्चिमबाट ११४ जना, काठमाडौं उपत्यकाबाट ४४३ जना र केन्द्रीय अनुसन्धान ब्युरोले ६ जना पक्राउ गरेको हो। 

साथै, कोशी  प्रदेशबाट १ करोड १३ लाख ४१ हजार, मधेश प्रदेशबाट ४७ लाख, बागमती प्रदेशबाट ७७ लाख ३० हजार, गण्डकी प्रदेशबाट २७ लाख ८४ हजार, लुम्बिनी प्रदेशबाट ७५ लाख ५२ हजार, कर्णाली प्रदेशबाट ११ लाख ९८ हजार, सुदूरपश्चिम प्रदेशबाट ६ लाख ७२ हजार, काठमाडौं उपत्यकाबाट ३ करोड ३ लाख र केन्द्रीय अनुसन्धान ब्युरोबाट ५८ लाख जरिवाना उठेको प्रहरीले जनाएको छ।