क्रिप्टोकरेन्सीमा खुला अर्थतन्त्रको नीति लिने काँग्रेसको घोषणा


काठमाडौं – नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपालले क्रिप्टोकरेन्सीमा खुला सोचसहित अघि बढ्नुपर्ने उद्घोष गरेका छन्। यही फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै उनले क्रिप्टोकरेन्सीको कारोबारबारे खुला सोचका साथ अघि बढ्नुपर्ने उद्घोष गरेका हुन्।

संसारभरका देशहरु क्रिप्टो कारोबारमा ध्यानमग्न हुँदा नेपाल भने प्रतिबन्ध लगाउँदै बसेको छ। जसकारण, नेपालले लिनसक्ने ‘माइनिङ’को लाभ समेत गुमिरहेको छ। यही विषयलाई सम्बोधन गर्दै थापाले क्रिप्टोमा नेपालले खुला सोच लिनुपर्ने बताएका हुन्।