माघमा कोशीमा १२० वटा आर्थिक अपराधका मुद्दा दर्ता, बैंकिङ्ग कसुरका ९४ वटा


काठमाडौं – प्रदेश प्रहरी कार्यालय कोशीमा एक महिनामा ३२१ वटा वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये आर्थिक अपराधका १२० वटा उजुरी परेको छ। जसमा ९४ वटा बैंकिङ्ग कसुरको रहेको छ भने ठगीका उजुरी २६ वटा रहेको छ। 

प्रहरीका अनुसार ठगी, बैंकिङ्ग कसुर, लगायतका आर्थिक अपराधका उजुरी दर्ता भएका छन्। यस अवधिमा प्रहरीले ३०१ जना फरार कैंदीबन्दीलाई पक्राउ गरेको जनाएको छ।

साथै, पक्राउ परेकाहरूलाई अदालतको आदेशअनुसार विभिन्न अवधिको कैद सजाय तोकिएको छ। जसको कुल कैद अवधि ७५ वर्ष ५ महिना  रहेको छ।

त्यस्तै, पक्राउ परेकाहरूबाट असुल हुने कुल जरिवाना रकम  १ अर्ब १३ करोड ४१ लाख रुपैयाँ पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ।