काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। लगातार ३ दिन घटेको सुनको मूल्य आज बिहीबार बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले बढेको छ।
योसँगै प्रतितोला सुन ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ। यो दिन प्रतितोला ३ लाख ४०० रुपैयाँमा किनबेच भएको छ।
आज चाँदीको मुल्य पनि तोलामा १८० रुपैयाँले बढेर ५ हजार ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया