भद्रपुर – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार रुपैयाँ सङ्कलनको लक्ष्य निर्धारण भएको थियो।
यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार रुपैयाँ सङ्कलन भएको छ। यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो। चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य छ।



About Us
प्रतिक्रिया