राष्ट्रिय सहकारी बैंकले प्रमुख वित्त अधिकृत माग्यो, के-के चाहिन्छ योग्यता ?


काठमाडौं – राष्ट्रिय सहकारी बैंक लिमिटेडले प्रमुख वित्त अधिकृत पदका लागि कर्मचारी मागेको छ। बैंकले व्यवस्थापकीय श्रेणी अन्तर्गत १ जना प्रमुख वित्त अधिकृतको रिक्त पद रहेको पदमा कर्मचारी माग गरेको हो। बैंकले खुला प्रतिस्पर्धाद्वारा स्थायी पद पूर्ति गर्न यो सूचना आज पुनः यो सूचना प्रकाशन गरेको हो।

सो पदका लागि योग्य तथा इच्छुक व्यक्तिले यो सुचना प्रकाशित भएको मितिले (फागुन ६ गते) १५ दिनभित्र आवश्यक कागजातसहित इमेल मार्फत आवेदन बुझाउनुपर्नेछ।

सो पदका लागि आवेदकहरूले मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन, मानविकी (अर्थशास्त्र), वा वाणिज्यमा स्नातकोत्तर डिग्री पूरा गरेको, कम्तिमा दोस्रो श्रेणी वा सो सरह ग्रेड प्राप्त गरेको हुनुपर्छ।

त्यस्तै, आवेदनकसँग बैंक, वित्तीय संस्था, सहकारी वा सम्बन्धित क्षेत्रमा अधिकृतस्तरमा कम्तिमा तीन वर्षको कार्य अनुभव पनि हुनुपर्छ। त्यसैगरी, उमेर हदमा आवेदकको उमेर कम्तिमा २५ वर्ष र बढीमा ४५ वर्ष ननाघेका आवेदनकले सो पदमा आवेदन दिन सक्ने बैंकले जनाएको छ।