काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङले अपरिचित नम्बरबाट फोन गरी आफूलाई बैंकको प्रतिनिधि बताउँदै खातासम्बन्धी गोप्य विवरण माग्ने घटना पछिल्लो समय बढ्दै गएको जनाएको छ।
प्रहरीका अनुसार ठगी गर्ने व्यक्तिहरूले ‘तपाईँको केवाइसी अपडेट अधुरो छ’, ‘खाता बन्द हुन लाग्यो’ ‘डकुमेन्टमा समस्या देखियो’ जस्ता बहाना बनाउँदै सेवाग्राहीसँग ओटिपि, पिन नम्बर, मोबाइल बैंकिङ्ग विवरण लगायत संवेदनशील जानकारी माग्ने गरेका छन्।
यस्तै, वाट्सएप तथा अन्य सामाजिक सञ्जालमार्फत भिडियो कल गरी अनुहार देखाउन र बैंकको मोबाइल एप खोल्न लगाउने प्रयाससमेत हुने गरेको प्रहरीको भनाइ छ। यसरी प्राप्त जानकारीको दुरुपयोग गरी बैंक खाताबाट रकम चोरी हुने घटनाहरू बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रहरीले बैंक तथा वित्तीय संस्थाले कहिल्यै पनि फोन, म्यासेज वा सामाजिक सञ्जालमार्फत ओटिपि, पिन वा पासवर्डजस्ता गोप्य विवरण नमाग्ने स्पष्ट पारेको छ। अपरिचित नम्बरबाट आउने यस्ता फोन वा सन्देशप्रति सजग रहन, कुनै पनि गोप्य जानकारी नदिन तथा शंका लागेमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित बैंकमा तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ।



About Us
प्रतिक्रिया