काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ लाख ८८ हजार ३०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।
यस शेयरमा हालका विद्यमान शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । पहिलो चरणमा संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई सो शेयर बिक्री गरिने बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया