काठमाडौं – नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई सचेत गराएको छ। केन्द्रीय बैंकले ग्लोबल आइएमई बैंक लिमिटेडको स्थलगत निरीक्षण प्रतिवेदन, २०८२ को आधारमा देहायको कैफियतका सम्बन्धमा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २)५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराएको हो।
राष्ट्र बैंकबाट बैंक तथा संस्थालाई जारी गरिएको एकीकृत निर्देशन व्यवस्थाअनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना सम्बन्धी व्यवस्था पूर्ण रुपमा पालना नगरेको) भन्दै सचेत गराएको हो। बैंकको स्थलगत निरीक्षणको क्रममा कोर बैंकिङ्ग सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानै भ्यालु मिती राखी पुनः सिर्जना गर्न सक्ने अवस्था रहेको पाइएको थियो।



About Us
प्रतिक्रिया