काठमाडौं – नबिल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख बढी कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले संस्थापक समूहको १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । जसमा बैंकका विद्यमान संस्थापक बाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।
सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ। इच्छुक व्यक्ति तथा संस्था अबको ७ दिभित्र निवेदन पेस गर्नुपर्नेछ। निवेदन नबिल इन्भेस्टमेन्ट बैंकिङ्गको कार्यालयमा बुझाउनुपर्नेछ।



About Us
प्रतिक्रिया