काठमाडौं – बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीका जटाधर राउत रहेका छन्।
राउतले ५ जनालाई बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेका थिए। उनलाई जिल्ला भक्तपुर सूर्यविनायक –२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया