वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका धन बहादुर फिँयाक र धादिङ गजुरीका सुभाष श्रेष्ठ रहेका छन्। 

फिँयाकले ग्रिस र अल्बानिया पठाइदिन्छु भन्दै ३८ लाख २५ हजार र श्रेष्ठले लात्भिया पठाइदिन्छु भन्दै १ लाख ५९ हजार ठगी गरेको प्रहरीले जनाएको छ। 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।