काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ खर्ब ९० अर्ब बढी खर्च गरेको छ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै पुससम्ममा ६ खर्ब ९० अर्ब २१ करोड ७८ लाख खर्च गरेको बताएको हो।
चालु आर्थिक वर्षमो कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म ३५.१४ प्रतिशत बजेट खर्च भएको छ।
पुस मसान्तसम्ममा विनियोजित रकममध्ये चालु खर्च (वित्तीय हस्तान्तरणसहित) ४१.२५ प्रतिशत, पुँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत खर्च भएको छ। समीक्षा अवधिको समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले वृद्धि भएको छ।
अर्थ मन्त्रालयले आयोजनाको पूर्व तयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा जटिलता र भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षतिले पुँजीगत खर्च कम हुन गएको बताएको छ।



About Us
प्रतिक्रिया