काठमाडौं – वीरगञ्जस्थित अवैध गोदाममा छापा मार्ने जाँदा सशस्त्र प्रहरी माथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार सशस्त्र प्रहरी माथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरिएको हो। उनीहरूलाई वीरगञ्जका विभिन्न स्थान बाट पक्राउ गरिएको छ।
बस्नेतका अनुसार सशस्त्र प्रहरीलाई लगभग ६–७ जना मिलेर आक्रमण गरेका थिए। बाँकी आक्रमणकारीहरूलाई खोज्ने क्रम जारी रहेको छ। सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेको छ जसले गर्दा पनि संलग्नहरूको नाम पछि मात्र सार्वजनिक गरिने उनी बताउँछन्।
हिजो स्थानीय व्यापारी समूहको आक्रमणबाट सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा पनि क्षति पुगेको थियो। संयुक्त टोलीले भन्सार छली गरेर समान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको थियो।



About Us
प्रतिक्रिया