फिनल्याण्ड र जापान पठाइदिन्छु भन्दै ३२ लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – फिनल्याण्ड र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी घर भई काठमाडौं बस्ने एजाजुल आलम र धादिङको ज्वालामूखीका राजकुमार लामिछाने रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकामध्येमा आलमले ३ जनालाई फिनल्याण्ड पठाइदिन्छु भन्दै ३० लाख र लामिछानेले जापान पठाइदिन्छु भन्दै २लाख ५० हजार ठगी गरेका थिए। 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।