काठमाडौं – कैलालीको टीकापुर–९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख २३ हजारसहित लखिमपुर बस्ने वर्ष ३० को योगेश कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यु.पी. ३१ बि.एफ. ७१६१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



About Us
प्रतिक्रिया