स्रोत नखुलेको रकम पाँच लाखसहित एक जना पक्राउ


काठमाडौं – रौतहटको गौर नगरपालिका–३ स्थित सडकबाट स्रोत नखुलेको नगद ४ लाख ९९ हजार रुपैयाँसहित सोही नगरपालिका–१ बस्ने ४४ वर्षीय राकेश प्रसादलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले बिआर ३० यु ७२४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।