काठमाडौं – बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखालका रुपेश लामिछाने र धादिङको खनेबासका हिरा तामाङ रहेका छन्।
पक्राउ पर्ने मध्ये लामिछानेले अष्ट्रेलिया पठाइदिन्छु भन्दै ९ लाख र तामाङले स्लोभाकिया पठाइदिन्छु भन्दै ८ लाख ५० हजार ठगी गरेको प्रहरीले बताएको छ।
उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया