काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले उद्योगहरू देशको मेरुदण्ड रहेको बताएका छन्। नेता शाहले उदयपुर सिमेन्ट उद्योगको गेट अगाडि उभिएर खिचेको फोटो आफ्नो सामाजिक सञ्जालमा राख्दै उद्योगहरुको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने उल्लेख गरेका हुन्।
शाहले सामाजिक सञ्जालमा लेखेका छन्,‘उद्योगहरू देशको मेरुदण्ड हुन। उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ। उदयपुर सिमेन्ट जस्तो उधोगलाई राज्यले संरक्षण तथा प्रबर्द्धन गर्नुपर्छ।’




About Us
प्रतिक्रिया