२८ थान नक्कली नोटसहित एक जना पक्राउ


काठमाडौं – सुनसरीको हरिनगरा गाउँपालिका– १ बाट नेपाली एक हजार दरको नक्कली नोट २८ थानसहित इनरूवा नगरपालिका– १० बस्ने २५ वर्षीय बहिस मियालाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।