बैंकिङ्ग कसुर मुद्दामा ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका–७ हसनटार बस्ने नुवाकोट विदुर नगरपालिका– ३ घर भएका ३८ वर्षीया पुन्यवती जोशीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

उच्च अदालत पाटन ललितपुरको २०८० वैशाख १० गतेको फैसलाले उक्त मुद्दामा ५ लाख रुपैयाँ जरिवाना, २० हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र २ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–७ हसनटारबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।