जर्जिया पठाइदिन्छु भन्दै ६ लाख ५० हजार ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जर्जिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने काभ्रे महाभारत गाउँपालिका– ६ घर भएका ५२ वर्षीय पुर्ण बहादुर वाईवालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

पुर्ण बहादुरले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ।