काठमाडौं – चोरी मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामका ५० वर्षीय सुरेश माझी भन्ने भिम बहादुर विश्वकर्मा रसाईली रहेका छन्।
उनीमाथि ६ वटा चोरी मुद्दा रहेको प्रहरीले जनाएको छ। ६ वटा मुद्दामा काठमाडौं जिल्ला अदालत, बबरमहलको १ लाख जरिवाना, ६ वर्ष कैद र २ लाख ४ सय क्षतिपूर्ति ठहर भएको प्रहरीले जनाएको छ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भक्तपुर चाँगुनारायणबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको प्रहरीले बताएको छ।



About Us
प्रतिक्रिया